काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

नागरिक लगानी कोषका सहभागीलाई एभरेष्ट अस्पतालमा उपचार छुट

1.13K
shares

काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट अस्पताल प्रालिबीच कोषका सहभागी, कर्मचारी तथा उनीहरूका आश्रित परिवारलाई सहुलियत दरमा स्वास्थ्य सेवा उपलब्ध गराउने सम्झौता भएको छ।

सम्झौतामा कोषका निमित्त कार्यकारी निर्देशक हेमन्त पोखरेल र अस्पतालका सहायक प्रशासक यादवप्रसाद ढुंगानाले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार कोषसँग आबद्ध कर्मचारी, सहभागी तथा उनीहरूका आश्रित परिवारले अस्पतालको बिल र परीक्षण सेवामा २० प्रतिशत छुट पाउनेछन्। त्यस्तै, शल्यक्रिया कक्ष (ओटी) र फार्मेसीको बिलमा १० प्रतिशत छुट उपलब्ध हुनेछ।

तर बाह्य स्रोतबाट लिइने सेवा, चिकित्सकको परामर्श, एम्बुलेन्स शुल्क तथा उपकरणमा भने छुट लागू नहुने सम्झौतामा उल्लेख छ।

सम्झौताअनुसार अस्पतालले कोषका सक्रिय सहभागीलाई एम्बुलेन्स सेवा, विशेष स्वास्थ्य प्याकेज तथा आवश्यकताअनुसार स्वास्थ्य शिविरसमेत सञ्चालन गर्नेछ। स्वास्थ्य शिविरमा सहभागी चिकित्सकका लागि आवश्यक प्रोत्साहनको व्यवस्था पनि गरिनेछ।

स्वास्थ्य सेवा लिने कर्मचारी तथा सहभागीको पहिचान कोषको परिचयपत्रका आधारमा गरिनेछ। परिचयपत्र नभएका आश्रित परिवारका सदस्यको हकमा कोषले आवश्यक विवरण उपलब्ध गराउने वा अस्पताललाई अग्रिम जानकारी गराउने व्यवस्था गरिएको छ।

सम्झौतामा दुवै संस्थाले स्वास्थ्य सेवा प्रदान गर्ने क्रममा प्राप्त सूचना सुरक्षित र गोप्य राख्नुपर्ने व्यवस्था पनि समावेश गरिएको छ।