गृहपृष्ठ सुनचाँदीको मूल्य बढ्यो
सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला एक हजार ५०० र चाँदीको मूल्य २५ ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार ८०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ४५० कायम भएको छ ।
बिहीबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९३ हजार ३०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ४२५ कायम भएको थियो ।
प्रकाशित समय : ११:२६ बजे


















