गृहपृष्ठ फ्लाईदुबईका पाँच यात्रुलाई ‘वीरता पुरस्कार’ दिने घोषणा

फ्लाईदुबईका पाँच यात्रुलाई ‘वीरता पुरस्कार’ दिने घोषणा

फ्लाईदुबईका पाँच यात्रुलाई ‘वीरता पुरस्कार’ दिने घोषणा

इजरायली राष्ट्रपति आइज्याक हर्जोगले बिहीबार पाँच इजरायली यात्रुलाई ‘वीरता’ पुरस्कार दिने घोषणा गर्ेका छन् । ती यात्रुले फ्लाईदुबईको सह–चालकलाई नियन्त्रणमा लिई उनीहरू सवार विमान दुर्घटना गराउने प्रयास रोकेका थिए ।

“तपाईंहरूले अरूलाई बचाउन आफूलाई जोखिममा पारेर र ठूलो विपत्ति बाट बचायोे। आज संसारले इजरायली समाजको सुन्दर र साहसी अनुहार देख्यो,” इररायलमा मुख्यतया औपचारिक भूमिकामा रहनुहुने राष्ट्रपति हर्जोगले जारी गरेको एक वक्तव्यमा भनेका छन्।

उनले भने, “म तपाईंहरूमाथि गर्व गर्छु र इजरायलको तर्फबाट धन्यवाद दिन्छु।”

उनले विमान चालक भारतीय नागरिक स्मित मच्छाको पनि मुक्तकण्ठाले प्रशंसा गरेका छन्।

इजरायली अधिकारीहरूका अनुसार सह–पाइलटले चक्कु प्रहार गरेपछि उनले ककपिटको ढोका खोली यात्रु र चालकदलका सदस्यलाई सूचना गरी उनीहरूको सहयोगमा आक्रमणकारीलाई नियन्त्रणमा लिएर विमान बचाउन सफल भएको थिए ।

हर्जोगको कार्यालयले सुरुमा चार जना पुरस्कार विजेताको नाम घोषणा गरेको थियो तर पछि पाँचौं व्यक्तिको रूपमा ताली मानेसको नाम थपेको थियो । उहाँका पतिलाई पहिले पुरस्कार दिने घोषणा गरिएका चार जनामा समावेश गरिएको थियो ।

राष्ट्रपतिको कार्यालयका अनुसार मानेसले ककपिटमा हल्लीखल्ली सुनेर पहिलो पटक यात्रुहरूलाई सचेत गराएको थिए र सहयोग मागेका थिए ।

राष्ट्रिय नागरिक वीरता पुरस्कार पाउने अन्य इजरायलीहरूमा यानिभ हायुन पनि रहेको छन् । उनि पेशाले प्लम्बर छन तर उनले नै ककपिटमा पसेर सह–चालकलाई नियन्त्रणमा लिन पहिलो पहल गरेका थिए ।

हायुनलाई रगत लागेको सर्टमा नै बुधबार इजरायल फर्केपछि बेन गुरियन विमानस्थलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले व्यक्तिगत रूपमा स्वागत गरेका थिए ।

यात्रुहरूले एक महिलाले चिच्याएर चालकमाथि चक्कु प्रहार भएको बताएपछि हायुन ककपिटतिर दौडेर गई आक्रमणकारी सहचालकलाई बचाउन सहयोग गरेको थिए ।

“यो असाधारण घटना थियो,” आक्रमणकारीलाई नियन्त्रणमा लिन सहयोग गर्ने र पुरस्कार पाउने आसफ राजुआनले उद्धारकार्यबारे राष्ट्रपतिसँगको प्रतिक्रियामा भन्ेका थिए ।

उनले भन्े, “हामी असहाय महसुस गर्दै थियौँ, हावामा तैरिरहेका थियौँ र यो कार्य आफु बाँच्न, परिवार, मानिस र बच्चाहरूलाई बचाउन निर्विकल्प कार्य थियो ।”

प्रकाशित समय : २०:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु