गृहपृष्ठ मोटरसाइकल दुर्घटनामा रौतहटका २८ वर्षीय दासको मृत्यु

मोटरसाइकल दुर्घटनामा रौतहटका २८ वर्षीय दासको मृत्यु

मोटरसाइकल दुर्घटनामा रौतहटका २८ वर्षीय दासको मृत्यु

रौतहट । रौतहटको बौधीमाई नगरपालिकाको बङ्कुल बजार नजिक मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको परोहा नगरपालिका–९ स्थायी ठेगाना भई हाल बौधीमाई नपा–९ मा रहँदै आएका करिब २८ वर्षीय दीपेन्द्र दास रहेको प्रहरीले जनाएको छ ।

भारतीय नम्बर प्लेटको मोटरसाइकलबाट स्थानीय मौलापुर–बङ्कुल सडकमा आज बिहान यात्रा गरिरहेको अवस्थामा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा निजको मृत्यु भएको बङ्कुल प्रहरी चौकीका सहायक निरीक्षक रमेशप्रसाद यादवले जानकारी दिए। घटनास्थल सो प्रहरी चौकीबाट करिब तीन किलोमिटर उत्तरपूर्वमा रहेको छ ।

प्रहरी कार्यालय मौलापुरका प्रहरी निरीक्षक भरत केसीका अनुसार उक्त घटनाको सन्दर्भमा विस्तृत रुपमा अनुसन्धान भइरहेको र मृतकको शव हाल प्रादेशिक अस्पताल गौरमा राखिएको छ ।

रोजगारीका सिलसिलामा विदेश गई एक हप्ताअघि मात्र गाउँ फर्केका मृतक दास मौलापुरस्थित ससुराली घरमा बस्दै आएको र निजको श्रमतीसहित दुई छोरी रहेको बौधीमाई नपा–९ का वडाअध्यक्ष मुक्तिनारायण मिश्रले जानकारी दिए।

प्रकाशित समय : १७:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु