गृहपृष्ठ पहिरो खसेपछि कृष्णभीर सडक पूर्ण रूपमा अवरुद्ध

पहिरो खसेपछि कृष्णभीर सडक पूर्ण रूपमा अवरुद्ध

पहिरो खसेपछि कृष्णभीर सडक पूर्ण रूपमा अवरुद्ध

काठमाडौँ । बिहीबारदेखि परेको अविरल वर्षाका कारण कृष्णभीरमा फेरि पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

इलाका प्रहरी कार्यालय गजुरीका अनुसार बिहीबार राति सडकमाथिबाट ठुला ढुङ्गा र चट्टानसहितको पहिरो खसेपछि आवागमन पूर्ण रूपमा ठप्प भएको हो ।

यसअघि गत भदौ १४ गते त्रिशूली नदीमा आएको बाढीले सडकको भित्ता कटान गर्दा कृष्णभीरमा भीषण पहिरो गएको थियो । पहिरो गएको स्थानभन्दा माथि २ सय ७० मिटर नयाँ ट्र्याक खोलेर ग्राभेल गरिएपछि गत असोज १ गतेदेखि मात्रै सडकमा दुईतर्फी सवारीसाधन सञ्चालनमा ल्याइएको थियो । तर, फेरि पहिरो खसेपछि सडक पुनः अवरुद्ध बन्न पुगेको छ ।

प्रकाशित समय : ०६:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु