काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

1.34K
shares

काठमाडौं । राष्ट्रियसभा सदस्यहरूले सातामा दुई दिन बिदा र पाँच दिन मात्र कार्यालय सञ्चालन गर्ने व्यवस्थाले सेवा प्रवाहमा अपेक्षित सुधार नदेखिएको भन्दै पुनरवलोकन गर्न माग गरेका छन।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा नेपाली कांग्रेसका आनन्दप्रसाद ढुङ्गानाले दिनमा एक घण्टा कार्यालय समय बढाए पनि सेवा प्रवाहमा उल्लेख्य सुधार नआएको तथा कर्मचारीको जीवनयापनमा समस्या भएको गुनासो आएकाले विद्यमान व्यवस्थाको पुनरवलोकन गर्न माग गरे ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सांसद मदनकुमारी शाह (गरिमा)ले भोटेकोशी बाढीलाई जलवायु कूटनीतिमार्फत अन्तरराष्ट्रिय मञ्चमा उठाउनुपर्नेमा जोड दिइन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की मीनासिंह रखालले खाना पकाउने ग्यासको कालोबजारी र कृत्रिम अभाव नियन्त्रण गर्न सरकारसँग माग गरिन ।

नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीले विद्युत् सेवामा मूल्य अभिवृद्धि कर लगाउन नहुनेमा जोड दिइन । नेपाली कम्युनिष्ट पार्टीकी राजेन्द्रलक्ष्मी गैरेले बुटवल–पाल्पा सडकखण्डमा निरन्तर दुर्घटना भई मानवीय क्षति भइरहेकाले सडकको अवस्था सुधार गर्न माग गरिन ।