गृहपृष्ठ प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेताको भेट
प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेताको भेट
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाली कांग्रेस संसदीय दलका नेता र पार्टी उपसभापतिले आज भेट गरेका छन । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटवार्तामा संसदीय दलको नेता भीष्मराज आङ्देम्बे र पार्टी उपसभापति विश्वप्रकाश शर्मा उपस्थित थिए ।
प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्न जानुअघि आवश्यक छलफल तथा परामर्शका लागि प्रमुख प्रतिपक्षी दलका नेता तथा पार्टी पदाधिकारीलाई बोलाएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन ।
प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन भोलि मङ्गलबार अपराह्न संयुक्तराज्य अमेरिकातर्फ प्रस्थान गर्नेछन ।
प्रकाशित समय : १५:१७ बजे


















