काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

फिनटेकका लागि समान प्रतिस्पर्धाको वातावरण बनाउँदै राष्ट्र बैंक

1.34K
shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल वित्तीय सेवाको पहुँच र प्रयोग विस्तार गर्दै फिनटेक क्षेत्रमा नवप्रवर्तन तथा प्रतिस्पर्धा बढाउने गरी पाँचवर्षे रणनीतिक ढाँचा तयार गरेको छ ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले तयार गरेको ‘फिनटेक रणनीति फर डिजिटल फाइनान्सियल सर्भिसेज’ सन् २०२६÷२७ देखि २०३०÷३१ सम्म कार्यान्वयन गर्ने प्रस्ताव गरिएको छ । रणनीतिमा फिनटेकमैत्री नियमन, सुरक्षित डिजिटल पूर्वाधार र सरोकारवालाबीचको सहकार्यलाई प्राथमिकता दिइएको छ ।

रणनीतिले डिजिटल वित्तीय सेवामा पहुँच विस्तार, वित्तीय क्षेत्रमा प्रतिस्पर्धा वृद्धि, सेवाका विकल्प विस्तार, वित्तीय स्थायित्वका जोखिम न्यूनीकरण तथा प्रविधिमार्फत वित्तीय सेवाको लागत घटाउने लक्ष्य राखेको छ ।

रणनीतिको केन्द्रमा पूर्वाधार विकास, नीति–नियमन तथा सुशासन र फिनटेक इकोसिस्टम विकास गरी तीन प्रमुख आधारस्तम्भ राखिएका छन् । फिनटेक सेवा प्रदायकबीच समान प्रतिस्पर्धाको वातावरण सिर्जना गर्न फिनटेकमैत्री नियामकीय व्यवस्था विकास गर्ने राष्ट्र बैंकको योजना छ ।

रणनीतिले सुरक्षित र सुदृढ डिजिटल प्रणाली विकाससँगै नयाँ डिजिटल वित्तीय उत्पादन तथा सेवा विस्तार, नवप्रवर्तनलाई सहयोग र डिजिटल वित्तीय साक्षरता बढाउने विषयलाई पनि प्राथमिकता दिएको छ । एमएसएमई, ग्रामीण क्षेत्र, युवा, महिला, बालबालिका तथा गिग अर्थतन्त्रमा आबद्ध श्रमिकलाई रणनीतिले लक्षित समूहका रूपमा राखेको छ । राष्ट्र बैंकले रणनीति कार्यान्वयनबाट सुरक्षित, समावेशी, नवीन र अन्तरआबद्ध डिजिटल वित्तीय प्रणाली विकास हुने अपेक्षा गरेको छ ।