गृहपृष्ठ विद्यालय भवन निर्माण गरिँदै

विद्यालय भवन निर्माण गरिँदै

विद्यालय भवन निर्माण गरिँदै CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

वीरगञ्ज । वसन्तपुरस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा नयाँ भवन निर्माण हुने भएको छ ।

ग्रामीण क्षेत्रका बालबालिकालाई सुरक्षित, व्यवस्थित र गुणस्तरीय शैक्षिक वातावरण उपलब्ध गराउने उद्देश्यले पर्साको पोखरिया नगरपालिका–३ वसन्तपुरस्थित सो विद्यालयको नयाँ भवन निर्माणको निम्ति लायन्स क्लब्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एसले आर्थिक सहयोग गर्नेभएको छ ।

नयाँ भवन निर्माण भएपछि विद्यालयको भौतिक पूर्वाधारमा सुधार हुनुका साथै विद्यार्थीलाई अध्ययनका लागि थप सहज वातावरण बन्ने अपेक्षासहित लायन्स क्लबले ७६ लाख ५९ हजार सहयोग गर्ने निर्णय गरेको लायन्स क्लब अफ पोखरियाका अध्यक्ष नेजामुद्दीन समानीले बताए ।

अवैध रूपमा बालुवा उत्खनन तथा ओसारपसार बढ्दै

पर्सा जिल्लामा अवैध रूपमा बालुवा उत्खनन तथा ओसारपसार बढ्दै गएको छ । अवैध रूपमा बालुवा उत्खनन तथा ओसारपसार बढ्दै गएको सन्दर्भमा प्रहरीले पनि जिल्लामा हुने प्राकृतिक स्रोतको अवैध उत्खनन तथा ओसारपसार नियन्त्रणमा कडाइ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले आज अवैध रूपमा बालुवा उत्खनन तथा ओसारपसारमा संलग्न चार ट्याक्टर नियन्त्रणमा लिएको छ । प्रहरीले ना ४ त ६६८६, ना ४ त ६५३२, ना ५ त ५०५२ र म।प्र।०३–००१ त ८४६१ नम्बरका ट्याक्टरमा नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका ट्याक्टरलाई चालकसहित आवश्यक कारबाही तथा जरिवानाका लागि पर्सागढी नगरपालिकाको राजस्व शाखामा बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए । शुक्रबार पनि प्रहरीले अवैध बालुवा बोकेको दुईवटा ट्याक्टर नियन्त्रणमा लिएको थियो ।

प्रकाशित समय : २१:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु