गृहपृष्ठ एसिसी प्रिमियर कप फाइनलः नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य
एसिसी प्रिमियर कप फाइनलः नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य
काठमाडौँ । ओपनर आसिफ शेखको शतकको मद्दतमा एसिसी प्रिमियर कपको फाइनल खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स ९युएई० लाई ३१४ रनको लक्ष्य दिएको छ । मलेसियाको क्वालालाम्पुरस्थित बायुमास ओभलको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर ३१३ रन बनायो ।
नेपालका लागि ओपनर तथा विकेटकिपर आसिफ शेखले शतकीय पारी खेले । उनले १०६ बलमा आठ चौका र चार छक्कासहित १०२ रनको पारी खेलेका हुन् । एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा दोस्रो शतक हो । यस्तै, फाइनलमा गुलशनकुमार झाले अर्धशतकीय इनिङ खेले । उनले ३८ बलमा चार छक्का र तीन चौकाको मद्दतमा ५२ रनको इनिङ खेलेका हुन् ।
एकदिवसीयमा गुलशनको यो छैटौँ अर्धशतक हो । यस्तै, अर्जुन कुमालले ४३, रोहितकुमार पौडेलले ४०, दीपेन्द्र सिंह ऐरीले १८, बसिर अहमदले अविजित १५ र ईशान पाण्डेले १३ रन बनाए । युएईका लागि बलिङमा इब्रार अहमदले चार, खुजैमा तनवीरले दुई तथा हैदर अली, अबीद उस्मानीले एकरएक विकेट लिए । आजको खेल जित्ने टोलीले सन् २०२७ मा आयोजना हुने एसिसी एसिया कप खेल्ने अवसर पाउनेछ ।
नेपाल दोस्रोपटक एसिया कपमा छनोट हुने योजनामा छ । नेपालले यसअघि सन् २०२३ को एसिसी प्रिमियर कपको उपाधि जितेर एसिया कप खेल्ने अवसर पाएको थियो ।
प्रकाशित समय : ११:५६ बजे

















