गृहपृष्ठ सांसद डा.कार्कीलगायतको टोलीले रसुवा कालिका पुगेर बाढी प्रभावितलाई राहत वितरण

सांसद डा.कार्कीलगायतको टोलीले रसुवा कालिका पुगेर बाढी प्रभावितलाई राहत वितरण

सांसद डा.कार्कीलगायतको टोलीले रसुवा कालिका पुगेर बाढी प्रभावितलाई राहत वितरण

काठमाडौं । प्रतिनिधि सभा सदस्य डा.अर्जुन कार्की र पूर्वमन्त्री विमला राई पौड्याललगायतको टोलीले रसुवाका बाढी प्रभावितलाई राहत वितरण गरेको छ ।

रसुवाको कालिका गाउँपालिका–१ मा पुगेर टोलीले १६६ प्रभावितलाई खाद्यन्नलगायत अत्यावश्यक सामग्री वितरण गरेको हो ।

टोलीले प्रतिपरिवार एक बोरा चामल, मुसुरो दाल, नुन–तेल, चिनी, चिउरालगायतको खाद्यन वितरण गरेको हो । डब्लुएचएच, आरआरएनलगायतका संस्थाको सहयोगमा राहत वितरण गरिएको हो ।

भदौ १० गते आएको विनाशकारी बाढीपछि रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो ।

पूर्वराजदूतसमेत रहेका डा.कार्कीले राहत तथा उद्धारका लागि अन्तर्राष्ट्रिय स्तरमा सहयोगको आब्हान समेत गरेका छन् ।

उनले राहत र उद्दार कार्यमा ल्याउनु पर्ने प्रभावकारिकाबारेमा सरकारको ध्यानाकर्ष समेत गराउँदै विभिन्न सुझावहरु समेत दिएका छन् ।

विपद्बाट ७ हजार ५७० भवनमा क्षति पुगेको छ भने ८ हजार ३१७ घरपरिवारका ३२ हजार ९६३ जना प्रत्यक्ष प्रभावित भएका छन् ।

बाढीपहिरोपछि अझै ५ हजार १ सय ३० जना सम्पर्कविहीन छन् । प्रभावित जिल्लामा सडक तथा हवाई मार्गमार्फत खाद्य तथा गैरखाद्य सामग्री पठाउने काम जारी राखेको जनाएको छ ।

पछिल्लो समय काठमाडौंमा रहेको राहत सामग्री प्रभावित जिल्लामा पठाउने क्रम भने केही घटेको छ ।

प्रकाशित समय : ११:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु