गृहपृष्ठ इरान–अमेरिका तनाव चर्किंदा इन्धनको मुल्यमा उच्च वृद्धि
इरान–अमेरिका तनाव चर्किंदा इन्धनको मुल्यमा उच्च वृद्धि
इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा बढी जहाजहरूमा आक्रमण गरेसँगै इरान अमेरिका तनाव चर्किंदा तेलको मूल्य प्रतिब्यारेल सय रुपयाँ अमेरिकी डलरभन्दा माथि पुगेको जनाइएको छ ।
तेहरानले बुधबारदेखि तेल र ग्यासको रणनीतिक ढुवानी मार्ग हर्मुजमा आफ्नो पकड बलियो बनाउँदै जलमार्ग बाहिर नो–गो जोन क्षेत्र विस्तार गरेको छ । जहाँ इरानले फेब्रुअरी २८ मा संयुक्त राज्य अमेरिकासँग युद्ध सुरु भएदेखि यातायात प्रतिबन्धित गरेको छ ।
अन्तर्राष्ट्रिय सम्झौता ‘ब्रेन्ट क्रुड’ को मूल्य बिहीबार एशियाली व्यापारमा प्रतिब्यारेल १०१.२८ डलर थियो, जुन जुलाई पछि पहिलो पटक १०० डलरभन्दा माथि पुगेको हो ।
तेहरानको रिभोलुसनरी गाड्र्सले हर्मुजको जलमार्ग पार गर्ने प्रक्रियामा रहेका दुई अमेरिकी जहाज, आठ तेल ट्याङ्कर र १० वटा अन्य जहाजहरूमा आक्रमण गरेको इरानको सरकारी मिडियाले रिपोर्ट गरेपछि कच्चा तेलको मूल्यमा उछाल आएको जनाइएको छ ।
तेहरानमा अमेरिका–इजरायली आक्रमणले द्वन्द्व सुरु गरेको छ महिनाभन्दा बढी समयपछि गतिरोधमा परेको युद्धमा संयुक्त राज्य अमेरिकाले जित हासिल गरेपछि तेलको मूल्य तुरुन्तै कम हुने राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन । हर्मुज जलमार्गको नाम ‘ट्रम्प स्ट्रेट’ राख्ने सुझाव दोहोर्याउँदै उनले भने, “हामीले इरानसँगको युद्ध जिते पछि तेलको मूल्य घट्नेछ हामी यसलाई जित्दैछौँ र हर्मुज स्ट्रेटलाई नियन्त्रण गर्छौं ।”
इरानको शक्तिशाली रिभोलुसनरी गाड्र्सले बुधबार ओमानको खाडी र अरब सागरका केही भागहरूलाई नयाँ प्रतिबन्धित क्षेत्र मा थप गरेपछि ट्रम्पको यस्तो आशावादी टिप्पणि आएको छ ।
यदि कुनै जहाज निर्धारित समन्वयबिना त्यस क्षेत्रमा प्रवेश गर्छ भने, यो हाम्रो प्रतिबन्धको अधीनमा हुनेछ गार्डका प्रवक्ता हुसेन मोहेबीले सरकारी टेलिभिजनसमक्ष बताए ।
फेब्रुअरीमा युद्ध सुरु भएदेखि इरानले होर्मुज जलमार्गको नियन्त्रणमा दाबी गरेको छ, जलमार्गबाट हुने यातायात अवरुद्ध गरेको छ । जहाजहरू तेहरानको जलमार्ग प्रयोग गर्नुअघि अनुमति प्राप्त गर्ने र पारवहन शुल्क तिर्नुपर्ने दाबी इरनले गर्दै आएको छ ।
यसैबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले संयुक्त आक्रमणको उदेश्य इरानी शासनलाई झकाउनु रहेको दाबी गर्दै इरान ध्वस्त हुन लागेको दाबी गरेका छन।
प्रकाशित समय : १६:२६ बजे


















