गृहपृष्ठ साना तथा मध्यम व्यवसायलाई लक्षित गर्दै वर्ल्डलिंकको ‘Biz24’
साना तथा मध्यम व्यवसायलाई लक्षित गर्दै वर्ल्डलिंकको ‘Biz24’
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सले साना तथा मध्यम व्यवसाय (SME) का लागि ‘Biz24’ Managed Wi-Fi Solution सार्वजनिक गरेको छ। कम्पनीका अनुसार व्यवसायिक परिसरमा भरपर्दो Wi-Fi कभरेज, नेटवर्क व्यवस्थापन र प्राथमिकतायुक्त ग्राहक सहायता उपलब्ध गराउने उद्देश्यले सेवा ल्याइएको हो।
साना तथा मध्यम व्यवसाय सञ्चालकसँगको प्रत्यक्ष छलफल र विभिन्न चरणमा गरिएको फिल्ड परीक्षणपछि Biz24 तयार पारिएको कम्पनीले जनाएको छ। यसमार्फत व्यवसायिक परिसरको आवश्यकता र संरचनाअनुसार Wi-Fi नेटवर्क विस्तार तथा व्यवस्थापन गर्न सकिनेछ।
वर्ल्डलिंकका बिक्री प्रबन्धक सतीशकृष्ण राजभण्डारीका अनुसार नेपालका धेरै साना तथा मध्यम व्यवसाय अझै पनि घरायसी प्रयोजनका लागि प्रयोग हुने इन्टरनेट कनेक्सनमा निर्भर छन्। त्यसका कारण कार्यालय वा व्यवसायिक परिसरका सबै स्थानमा Wi-Fi सिग्नल नपुग्ने, महत्वपूर्ण समयमा इन्टरनेटमा समस्या आउने तथा नेटवर्कको अवस्थाबारे पर्याप्त जानकारी नहुने समस्या देखिने गरेको उनले बताए।
‘यिनै चुनौतीको समाधानका रूपमा Biz24 ल्याइएको हो,’ राजभण्डारीले भने, ‘यसले व्यवसायलाई थप भरपर्दो, व्यवस्थित र व्यवसायिकस्तरको कनेक्टिभिटी उपलब्ध गराउँछ।’
क्लिनिक, रेस्टुरेन्ट, साना तथा मध्यम आकारका मार्ट, स्टुडियो र को-वर्किङ अफिसलगायत व्यवसायलाई लक्षित गरेर Biz24 डिजाइन गरिएको कम्पनीले जनाएको छ।
Biz24 मा व्यवसायिक परिसरको आकार, संरचना र आवश्यकताअनुसार Managed Wi-Fi Solution उपलब्ध गराइनेछ। एउटै राउटरमा मात्र निर्भर हुनुको सट्टा आवश्यकताअनुसार नेटवर्क विस्तार गर्न सकिने कम्पनीको भनाइ छ। साथै, Wi-Fi नेटवर्कलाई क्लाउडमार्फत व्यवस्थापन गर्न सकिने सुविधा पनि यसमा रहेको छ।
त्यस्तै, Biz24 ग्राहकलाई इन्टरनेटमा समस्या आए प्राथमिकताका आधारमा सहायता उपलब्ध गराउने व्यवस्था गरिएको छ। त्यसका लागि ग्राहकले ०१-५९७००४० मा सम्पर्क गर्न सक्नेछन्।
कम्पनीका अनुसार Biz24 मा Public Static IP को सुविधा पनि समावेश छ। CCTV, विभिन्न सफ्टवेयर तथा अन्य IT सेवाका लागि Static IP आवश्यक पर्ने व्यवसायले यसको उपयोग गर्न सक्नेछन्।
Biz24 लाई Rise, Grow र Pro गरी तीन तहमा उपलब्ध गराइएको छ। यी प्याकेजमा २०० Mbps देखि १ Gbps सम्मको इन्टरनेट कनेक्टिभिटी उपलब्ध हुने कम्पनीले जनाएको छ।
Biz24 को वार्षिक मूल्य रु. ३० हजार (१३ प्रतिशत VAT बाहेक) बाट सुरु हुन्छ। सबै प्याकेजमा Business-Grade Router, Public Static IP र Priority Support समावेश गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार Biz24 सेवा नयाँ तथा सेवा नवीकरण गर्ने दुवै ग्राहकका लागि देशभर उपलब्ध हुनेछ।
प्रकाशित समय : १३:०३ बजे


















