गृहपृष्ठ जेन्जी आन्दोलनको एक वर्ष : चोहर्वामा शहीद युवाप्रति श्रद्धाञ्जली

जेन्जी आन्दोलनको एक वर्ष : चोहर्वामा शहीद युवाप्रति श्रद्धाञ्जली

जेन्जी आन्दोलनको एक वर्ष : चोहर्वामा शहीद युवाप्रति श्रद्धाञ्जली

सिरहा । जेन्जी आन्दोलन सुरु भएको एक वर्ष पूरा भएको अवसरमा सिरहाको चोहर्वा बजारमा युवाहरूले आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत चोहर्वा बजारमा भेला भएका युवाहरूले जेन्जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको योगदान र बलिदानको स्मरण गरेका हुन्। कार्यक्रममा सहभागी युवाहरूले मृतकहरूले उठाएका सामाजिक तथा राजनीतिक सवाल, परिवर्तनको आकांक्षा र सुशासनको मागलाई निरन्तर स्मरण गर्नुपर्नेमा जोड दिएका छन्।

२०८२ साल भदौ २३ गते सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, भ्रष्टाचार, बेथिति, नातावाद, निरंकुशता तथा सुशासनको अभावलगायतका विषयप्रति असन्तुष्टि जनाउँदै जेन्जी पुस्ताका युवाहरू आन्दोलनमा उत्रिएका थिए। काठमाडौंसहित देशका विभिन्न स्थानमा फैलिएको उक्त आन्दोलनले छोटो समयमै नेपालको राजनीतिक तथा सामाजिक परिवेशमा महत्त्वपूर्ण प्रभाव पारेको थियो।

आन्दोलनका क्रममा भएको बल प्रयोग तथा त्यसपछिका घटनामा ठुलो मानवीय तथा भौतिक क्षति भएको थियो। चोहर्वाका युवाहरूले आन्दोलनमा ज्यान गुमाएका युवाहरूको बलिदानलाई सम्मान गर्दै उनीहरूले देखाएको साहस, परिवर्तनप्रतिको चाहना र सुशासनको आवाजलाई आगामी दिनमा पनि जीवित राख्नुपर्ने बताएका छन्।

श्रद्धाञ्जली कार्यक्रममा सहभागी युवाहरूले शहीदहरूको सपना र उनीहरूले उठाएका मुद्दालाई व्यवहारमा सम्बोधन गर्नु नै उनीहरूप्रतिको सच्चा सम्मान हुने धारणा व्यक्त गरेका छन्।

प्रकाशित समय : १०:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु