गृहपृष्ठ एनभीएलको टिकट बिक्रीबाट संकलित करिब ६ लाख रकम उद्धार कोषमा
एनभीएलको टिकट बिक्रीबाट संकलित करिब ६ लाख रकम उद्धार कोषमा
काठमाडौं– केडिया ग्रुपको आयोजना भइरहेको नेपाल भलिबल लिग (एनभीएल) को पहिलो दिनको टिकट बिक्रीबाट संकलन भएको रकम ५ लाख ९० हजार १ सय ५० रुपैयाँ बाढी पीडितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ ।
लिग सुरु हुन अघि नै आयोजकले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण पीडितको उद्धार, उपचार र पुनस्र्थापनाको अभियानमा सहयोग पुर्याउने उद्देश्यले पहिलो दिनको टिकट बिक्रीबाट संकलन हुने सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने प्रतिबद्धता जनाएको थियो । सोही प्रतिबद्धता अनुरुप ५ लाख ९० हजार १ सय ५० रुपैयाँ कोषमा जम्मा गरिएको हो ।
प्रकाशित समय : १५:०० बजे


















