गृहपृष्ठ मन्त्री चौधरीसँग राष्ट्रसङ्घका प्रतिनिधि याहियाको भेटवार्तामा

मन्त्री चौधरीसँग राष्ट्रसङ्घका प्रतिनिधि याहियाको भेटवार्तामा

मन्त्री चौधरीसँग राष्ट्रसङ्घका प्रतिनिधि याहियाको भेटवार्तामा

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग संयुक्त राष्ट्रसङ्घका नेपालस्थित आवासीय प्रतिनिधि लिला पिटर्स याहियाले शिष्टाचार भेटवार्ता गरेका छ न। मन्त्रालयमा आज भएको भेटवार्तामा उनिहरूबीच नेपालको भोटेकोशी बाढीको विपद्, हिमाली क्षेत्रको संरक्षण, जलवायु न्याय, उत्थानशील विकासका लागि अन्तरराष्ट्रिय सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेलगायत विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

मन्त्री चौधरीले नेपालले संयुक्त राष्ट्रसङ्घसँगको सहकार्यलाई उच्च महत्व दिएको उल्लेख गर्दै नेपालको वर्तमान अवस्था तथा संयुक्त राष्ट्रसङ्घबाट हुन सक्ने सहयोग र सहकार्यबारे छलफल गरे । भेटमा भोटेकोशी बाढीबाट कृषि तथा पशुपन्छी क्षेत्रमा भएको क्षति, प्रभावित कृषकको जीविकोपार्जन पुनःस्थापना, खाद्य सुरक्षा, जलवायु न्याय, पर्वतीय ‘एजेन्डा’ तथा पूर्वसूचना प्रणाली सुदृढीकरणका विषयमा छलफल भएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ ।

मन्त्री चौधरीले आगामी संयुक्त राष्ट्रसङ्घ महासभा तथा कोप(३१ मा नेपालको पर्वतीय एजेन्डा र जलवायु न्यायका विषयलाई प्रभावकारी रूपमा उठाउन संयुक्त राष्ट्रसङ्घको सहयोग आवश्यक रहेको बताएको थिए । त्यसैगरी, खाद्य सुरक्षा क्लस्टरलाई थप प्रभावकारी बनाउन खाद्य तथा कृषि सङ्गठन (एफएओ)लगायत संयुक्त राष्ट्रसङ्घीय निकायसँग दीर्घकालीन सहकार्य र विपद्पछिको पुनरुत्थानका लागि थप सहयोगको अपेक्षा व्यक्त गरे ।

सो अवसरमा संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक याहियाले भोटेकोशी बाढी प्रभावित कृषकको जीविकोपार्जन पुनःस्थापना, पूर्वसूचना प्रणाली तथा जलवायुजन्य जोखिम न्यूनीकरणमा संयुक्त राष्ट्रसङ्घका तर्फबाट आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

 

प्रकाशित समय : २०:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु