भोटेकोशीमा आएको बाढीका कारण विभिन्न जिल्लामा भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै दिवंगतहरूको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको छ।

नेपाल चाइनिज गाइड एसोसिएसनको आयोजनामा सोमबार काठमाडौंको बसन्तपुरस्थित महादेव पार्वती डबलीमा ‘हार्दिक श्रद्धाञ्जली तथा दीप प्रज्वलन’ कार्यक्रम गरिएको हो। भोटेकोशीमा आएको बाढी तथा त्यसबाट प्रभावित विभिन्न जिल्लामा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको आत्माको चिरशान्तिको कामना गरिएको छ ।