काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

राप्रपा सिन्धुपाल्चोकमा नयाँ नेतृत्व

1.11K
shares

सिन्धुपाल्चोक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सिन्धुपाल्चोकको जिल्ला अध्यक्षमा निलध्वज थापा पुनः निर्विरोध चयन भएको छन् । जिल्ला अधिवेशनले थापालाई दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन गरेको हो ।

निर्वाचन समितिका संयोजक ध्रुव थापाका अनुसार थापाको नेतृत्वमा २५ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ । कार्यसमितिका अन्य पदाधिकारी भने पहिलो बैठकबाट मनोनयन गरिने जनाइएको छ ।

अधिवेशनको उद्घाटन राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले गरेका थिए । उनले राजनीतिक नेतृत्वले आफ्नो व्यवहार र कार्यशैली सुधार गर्नुपर्ने आवश्यकता औँल्याए ।