गृहपृष्ठ बालेन जाने भएपछि राष्ट्रसंघको कार्यसूची नै परिवर्तन
बालेन जाने भएपछि राष्ट्रसंघको कार्यसूची नै परिवर्तन
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा आगामी असोज ८ गते (२४ सेप्टेम्बर) सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। नेपालको औपचारिक प्रस्तावपछि राष्ट्रसंघले वक्ताहरूको सूची संशोधन गर्दै असोज ८ गतेका लागि प्रधानमन्त्री शाहको सम्बोधन समय दिएको हो।
प्रधानमन्त्री नियुक्त भएको पाँच महिनापछि हुन लागेको यो उनको पहिलो विदेश भ्रमण हो। भदौ १० मा रसुवाको भोटेकोसीमा आएको महाविपत्तिका कारण प्रधानमन्त्री शाह आफैँ महासभा जान लागेका हुन्।
मुख्य एजेन्डा: विश्व तापमान वृद्धिका कारण नेपालले भोग्नुपरेको भोटेकोसीजस्ता विपद्को क्षतिपूर्ति र जलवायु न्याय (Climate Justice) को मुद्दा राष्ट्रसंघको मञ्चबाट विश्वसामु उठाउने।
सम्बोधन तालिका: २४ सेप्टेम्बरको दिउँसो ३ देखि ९ बजेसम्मको सत्रमा १७औँ नम्बरमा नेपालका सरकार प्रमुख (प्रधानमन्त्री बालेन) ले सम्बोधन गर्नेछन्।
प्रकाशित समय : १६:१९ बजे


















