गृहपृष्ठ डा हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार सम्पादक ज्ञवालीलाई

डा हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार सम्पादक ज्ञवालीलाई

डा हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार सम्पादक ज्ञवालीलाई

काठमाडौँ । लघुवित्तका अगुवा डा हरिहरदेव पन्तको स्मृतिमा स्थापित ‘डा हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार’ ‘लगानी न्यूज’का सम्पादक आशीष ज्ञवालीलाई प्रदान गरिएको छ ।

डा हरिहरदेव पन्तको ११औँ स्मृति दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उक्त पुरस्कार सम्पादक ज्ञवालीलाई प्रदान गरिएको हो । पन्त फाउन्डेशनद्वारा स्थापना गरिएको उक्त पुरस्कार ११औँ वार्षिक पुण्य स्मृति दिवशका अवसरमा प्रदान गरिएको हो । पुरस्कारको राशि एक लाख रहेको छ ।

सम्पादक ज्ञवालीले आफूले पाएको पुरस्कार रकमबाट रु २५ हजार नुवाकोटका पत्रकार किरण अधिकारीलाई सहयोग गरेका छन् । भोटेकोशीमा गएको बाढीबाट प्रभावित भएका अधिकारीलाई सम्पादक ज्ञवालीले उक्त रकम सहयोग गरेका हुन्।

प्रकाशित समय : २१:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु