काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपाल ‘ए’ द्वारा न्युजिल्यान्डलाई २१२ रनको लक्ष्य, पवनको अर्धशतक

1.13K
shares

काठमाडौं । अष्ट्रेलियामा आज जारी अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले न्युजिल्यान्ड ‘ए’ लाई २१२ रनको लक्ष्य दिएको छ ।

डार्विनस्थित रारा क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २११ रन बनायो ।

न्युजिल्यान्डविरुद्ध नेपालका लागि अलराउन्डर पवन सर्राफले अर्धशतकीय पारी खेले । उनले ९२ बलमा ६ चौकाको मद्दतमा ५९ रनको पारि खेलेका हुन् । अर्का ब्याटर लोकेश बमले ६४ बलमा ४७ रन बनाए । त्यस क्रममा उनले ४ छक्का र १ चौका प्रहार गरे ।

कप्तान अनिलकुमार साह २४, मयन यादव २० तथा विपिन खत्री १२ रनमा आउट भए । बाँकी नेपाली ब्याटरले भने दोहोरो अङ्कमा समेत रन जोड्न सकेनन् ।

न्युजिल्यान्डका लागि बलिङतर्फ म्याथ्यू फिसरले नौ ओभरमा ३७ रन दिएर सर्वाधिक ४ विकेट लिए । नेपाली टोली आज अन्तिम खेलमा न्युजिल्यान्ड ‘ए’ लाई हराएर अष्ट्रेलिया भ्रमणको सुखद अन्त्य गर्ने योजनामा छ ।

नेपालले जारी एकदिवसीय शृङ्खलाको अघिल्लो दुई खेलमा लगातार पराजय व्यहोरेको थियो । नेपालले तास्मिनियाविरुद्ध २ विकेट तथा दक्षिण अष्ट्रेलियाविरुद्ध १३८ रनको हार व्यहोरेको हो ।