गृहपृष्ठ बाढीपीडितको साथमा म्याक्सस नेपाल, ८० लाख बराबरको राहत सहयोग

बाढीपीडितको साथमा म्याक्सस नेपाल, ८० लाख बराबरको राहत सहयोग

बाढीपीडितको साथमा म्याक्सस नेपाल, ८० लाख बराबरको राहत सहयोग

काठमाडौं। हालैको विपद्बाट प्रभावित समुदायको सहयोगका लागि म्याक्सस नेपालले करिब ८० लाख रुपैयाँ बराबरको राहत तथा सहयोग उपलब्ध गराएको छ।

SAIC MAXUS China को सहयोग तथा हिमालय अर्गनाइजेसनको समन्वयमा गरिएको उक्त सहयोगअन्तर्गत प्रत्यक्ष आर्थिक सहायता, स्वच्छ खानेपानीको व्यवस्था तथा विभिन्न अत्यावश्यक राहत सामग्री उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

म्याक्सस नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरिसकेको जनाएको छ। त्यस्तै, नुवाकोटको त्रिशूली नदीपारिका विपद् प्रभावित समुदायलाई लक्षित गर्दै करिब ३० लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गरिएको छ।

विपद् प्रभावितका लागि निर्माण गरिएका दुई अस्थायी आश्रयस्थलमा सौर्य ऊर्जामा आधारित ‘अल्ट्रा फिल्टर वाटर ट्रिटमेन्ट प्लान्ट’ समेत जडान गरिएको छ। नुवाकोटको त्रिशूलीस्थित श्री भैरम माध्यमिक विद्यालय तथा विदुर नगरपालिकास्थित त्रिशूली प्राथमिक विद्यालयमा जडान गरिएका यी प्रणालीले प्रतिघण्टा एक हजार लिटर पानी शुद्धीकरण गर्न सक्ने जनाइएको छ।

राहत सामग्रीअन्तर्गत डसना, सिरानी, तन्ना, औषधि तथा स्वास्थ्य सामग्री, खाद्यान्न, तरकारी, खाना पकाउने सामग्री, भाँडाकुँडा तथा कपडालगायत अत्यावश्यक सामग्री करिब ४०० जनालाई वितरण गरिएको छ।

कम्पनीका अनुसार विपद्बाट प्रभावित समुदायलाई तत्काल राहत पुर्‍याउने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत उक्त सहयोग गरिएको हो।

प्रकाशित समय : १५:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु