गृहपृष्ठ बोलिभियाको सैन्य परिसरमा विस्फोट, दुई जनाको मृत्यु, दर्जनौँ घाइते

बोलिभियाको सैन्य परिसरमा विस्फोट, दुई जनाको मृत्यु, दर्जनौँ घाइते

बोलिभियाको सैन्य परिसरमा विस्फोट, दुई जनाको मृत्यु, दर्जनौँ घाइते

बोलिभियाको सैन्य परिसरमा भएका दुई वटा छुट्टाछुट्टै विस्फोटमा कम्तिमा दुई जनाको मृत्यु हुनुका साथै ८१ जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।

बोलिभियाका रक्षामन्त्री अर्नेस्टो जस्टिनियानोले बोलिभियाको राजधानी ला पाजको ३० किलो मिटर दक्षिणपश्चिममा रहेको वियाचा स्थित सैन्य परिसरमा विस्पोट भएको बताएको छन । उनका अनुसार उक्त क्षेत्रमा पाइरोटेक्निक सामग्री भण्डार गरिएको थियो ।

विज्ञप्तिमा शुक्रबार दिउँसो लगभग २ः३० बजे भएको विस्फोटको कारण बारे अनुसन्धान भईरहेको उल्लेख गरिएको छ ।

स्थानीय मिडियाद्वारा प्रसारित फुटेजमा विस्पोट पछि सहरको केन्द्रबाट कालो धुवाँको बाक्लो मुस्लो आकाशतिर उढेको देखाइएको छ ।

फुटेजमा विष्फोटले प्रभावित क्षेत्रका घरहरू क्षतिग्रस्त भएको टुटेको झ्याल, भाँचिएको छत र छरिएको भग्नावशेष देखाइएको थियो ।

जस्टिनियानोले दुई जनाको मृत्यु भएको र सात जना बेपत्ता भएको पुष्टि भएको बताएको छन् ।

“गम्भीर अवस्थामा“ रहेका दुई जनासहित घाइतेहरूलाई उपचारका लागि मेडिकल सेन्टरमा लगिएको उनले बताएको छन् ।

मृतक तथा बेपत्ताहुनेहरुमा उक्त सैन्य परिसरमा कार्यरत सैनिकहरू रहेको रक्षा मन्त्रालयले जनाएको छ ।

प्रहरीको प्रारम्भिक प्रतिवेदनले कम्तिमा ५२ जना सर्वसाधारणसहित ५९ जना घाइते भएको बताएको थियो ।

विस्फोटपछि अग्नि नियन्त्रकहरू सैन्य परिसरमा पुगेर प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित आश्रयमा सारेको जनाइएको छ ।

त्यस क्षेत्रमा सुरक्षाको कारण बिजुली आपूर्ति काटेर उद्धारका लागि दर्जनौँ प्रहरी अधिकारीहरू तैनाथ गरिएको एएफपीले जनाएको छ ।

राष्ट्रपति रोड्रिगो पाजले मृतकको परिवार, घाइते र विस्फोटबाट प्रभावितहरु प्रति सहानुभुति व्यक्त गर्दै घटनाको पूर्ण, प्राविधिक र पारदर्शी अनुसन्धानको लागि निर्देशन दिएको बताएको छन ।

“हामीले यस घटनाको कारणहरू पूर्ण स्पष्टताका साथ स्थापित गर्नुपर्दछ, सुरक्षा प्रोटोकलको अनुपालन प्रमाणित गर्नुपर्दछ र उत्पन्न हुन सक्ने कुनै पनि जिम्मेवारीहरू निर्धारण गर्नुपर्दछ,” उनले समाजिक सञ्जाल एक्समा भने ।

वियाचाका अधिकारीहरूले तीन दिनको शोक घोषणा गरेका छन् ।

लगातार दुईवटा विस्फोट भएको जस्टिनियानोले पुष्टि गरेका छन् ।

पहिलो विस्फोटमा भण्डार गरिएको पाइरोटेक्निक सामग्री समावेश भएको विश्वास गरिएको उल्लेख गर्दै उहाँले दोस्रो विस्फोटको कारण र सामग्री अझै निर्धारण भइ नसकेकोे बताएको छन् ।

रक्षा मन्त्रालयले विस्पोटमा कुनै सैन्य हतियारहरु विस्फोट नभएको बताएको छ ।

यो समयमा प्राथमिकताको विषय मानिसहरू भएकाले घाइतेहरूको हेरचाह गर्ने, उनीहरूको परिवारलाई सहयोग गर्ने, र खोजी र प्रमाणिकरण प्रयासहरू जारी राख्ने जस्टिनियानोले बताएको छन् । रासस

 

प्रकाशित समय : १५:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु