गृहपृष्ठ पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु

पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु

पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु

पोखरा । कास्कीको पोखरा महानगरपालिका–१८ गैरीचौतारास्थित फेवातालमा कार खस्दा दुई जना भारतीय नागरिकको मृत्यु भएको छ भने दुई जनाको सकुशल उद्धार गरिएको छ।

पोखराको लेकसाइडतर्फ आउँदै गरेको बीआर ०५ बीबी ६७५९ नम्बरको भारतीय कार अनियन्त्रित भई फेवातालमा खसेको हो। दुर्घटनाको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक शरण खड्काको कमाण्डमा गोताखोरसहितको टोली उद्धारका लागि खटिएको थियो।

कारमा सवार भारत घर भएका २७ वर्षीय अनमोल कुमार यादव र ३३ वर्षीय सुरज यादवलाई नेपाल प्रहरी र स्थानीयवासीले सकुशल उद्धार गरी उपचारका लागि पोखरास्थित जिओमाक्स (जिएमसी) अस्पताल पुर्‍याएका छन्। उनीहरूको अवस्था मध्यम रहेको छ।

त्यस्तै, कारमा सवार अन्य दुई जना २६ वर्षीय नवदीप कुमार यादव र २६ वर्षीय प्रियान्सु पाण्डेलाई सशस्त्र प्रहरीको गोताखोर टोलीले तालबाट अचेत अवस्थामा बाहिर निकालेको थियो। उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएका उनीहरूलाई चिकित्सकले बिहान ६:२० बजे मृत घोषणा गरेका हुन्।

दुर्घटनाग्रस्त कारलाई पनि क्रेनको प्रयोग गरी तालबाट बाहिर निकालिएको छ।

प्रकाशित समय : १३:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु