गृहपृष्ठ प्रभु बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि २ करोड ११ लाखभन्दा बढी सहयोग

प्रभु बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि २ करोड ११ लाखभन्दा बढी सहयोग

प्रभु बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि २ करोड ११ लाखभन्दा बढी सहयोग

काठमाडौं । प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि २ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेको छ।

गत भदौ १० गते बिहान रसुवा भएर बग्ने भोटेकोशी नदीमा अचानक आएको बाढीले भोटेकोशी तथा त्रिशूली नदी किनारका बासिन्दालाई ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको थियो। विपद्का कारण ठूलो जनधनको क्षति भएपछि प्रभावित परिवारलाई राहत तथा खोजतलास, उद्धार र राहत कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले बैंकले आर्थिक सहयोग गरेको हो।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा हुने गरी उपलब्ध गराएको छ।

भदौ १६ गते अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई २ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा प्रभु बैंकका अध्यक्ष किशोर जंग कार्की, सञ्चालक राजु पौडेल तथा सञ्चालक डा. अम्बिका शर्मा लामिछानेको समेत उपस्थिति रहेको थियो।

बैंकले अकल्पनीय विपद्का कारण ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ। साथै, सम्पर्कविहीन तथा घाइतेहरूको शीघ्र उद्धार र उपचारको कामना गर्दै प्रभावित समुदायप्रति गहिरो समवेदना व्यक्त गरेको छ।

प्रभु बैंकले विपद्को यस कठिन घडीमा प्रभावित नागरिक तथा परिवारको सहयोगका लागि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग उपलब्ध गराएको जनाएको छ।

प्रकाशित समय : १९:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु