गृहपृष्ठ भोटेकोशी बाढीपीडितका लागि एभरेष्ट बैंकको ३ करोड ११ लाखभन्दा बढी सहयोग

भोटेकोशी बाढीपीडितका लागि एभरेष्ट बैंकको ३ करोड ११ लाखभन्दा बढी सहयोग

भोटेकोशी बाढीपीडितका लागि एभरेष्ट बैंकको ३ करोड ११ लाखभन्दा बढी सहयोग

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ३ करोड ११ लाख रुपैयाँभन्दा बढी सहयोग गरेको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २ करोड ५१ लाख रुपैयाँ तथा बैंकका कर्मचारीहरूको तर्फबाट ६० लाख ५४ हजार ६ सय ५ रुपैयाँ ३८ पैसा गरी कुल ३ करोड ११ लाख ५४ हजार ६ सय ५ रुपैयाँ ३८ पैसा नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा गरेको जनाएको छ।

बैंकका अनुसार संस्थागत तर्फबाट गरिएको २ करोड ५१ लाख रुपैयाँ सहयोग र कर्मचारीबाट संकलित ६० लाख ५४ हजार ६ सय ५ रुपैयाँ ३८ पैसासहित उक्त रकम बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उपलब्ध गराइएको हो।

नगद सहयोगसँगै एभरेष्ट बैंकका कर्मचारीहरूको सक्रियतामा संकलन गरिएका अत्यावश्यक राहत सामग्रीसमेत विपद्बाट प्रभावित क्षेत्रमा पठाउन सम्बन्धित निकायलाई प्रत्यक्ष रूपमा हस्तान्तरण गरिएको बैंकले जनाएको छ।

बैंकले प्राकृतिक विपद्का कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। साथै, बाढीबाट घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

विपद्को समयमा उद्धार तथा राहत कार्यमा अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी, स्थानीय तह, विभिन्न संघसंस्था तथा सहयोगमा जुटेका सम्पूर्ण व्यक्ति र संस्थाप्रति बैंकले आभार व्यक्त गरेको छ।

एभरेष्ट बैंकले विपद्बाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वसँगै कर्मचारीहरूको सहभागितामा समेत सहयोग जुटाएको जनाएको छ।

प्रकाशित समय : १८:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु