गृहपृष्ठ बाढीपीडितको उद्धारमा गजेन्द्रमोक्ष संस्कृत परिषद्को साथ, १ लाख ५ हजार सहयोग

बाढीपीडितको उद्धारमा गजेन्द्रमोक्ष संस्कृत परिषद्को साथ, १ लाख ५ हजार सहयोग

बाढीपीडितको उद्धारमा गजेन्द्रमोक्ष संस्कृत परिषद्को साथ, १ लाख ५ हजार सहयोग

नवलपरासी । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नवलपरासीको त्रिवेणीधामस्थित श्री गजेन्द्रमोक्ष संस्कृत परिषद्ले १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेको छ।

अनन्त श्री विभूषित कमलनयनाचार्य (मुक्तिनाथ बाबा) को संरक्षकत्वमा रहेको परिषद्ले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।

विपद्मा परेका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि राज्यले अघि बढाएको अभियानप्रति संस्थागत ऐक्यबद्धता जनाउँदै सहयोग रकम प्रदान गरिएको परिषद्का स्वामी वासुदेव प्रपन्नाचार्यले जानकारी दिए।

परिषद्का अध्यक्ष सुदर्शन प्रपन्नाचार्यद्वारा जारी विज्ञप्तिमा राष्ट्रिय संकटको समयमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा राज्यलाई सहयोग गर्नु सबै देशवासीको कर्तव्य भएको उल्लेख गरिएको छ।

‘यस दैविक प्रकोपको चपेटामा प्रभावित भएका नागरिकहरूको तत्काल उद्धार, राहत तथा पुनःस्थापनामा राज्यलाई सहयोग गर्नु हामी सबै देशवासीको परम कर्तव्य हो,’ विज्ञप्तिमा भनिएको छ।

परिषद्ले राष्ट्रिय संकटको विषम परिस्थितिमा सरकारको आलोचना र टिकाटिप्पणीभन्दा माथि उठेर राष्ट्रिय एकता, समन्वय र सहकार्यमार्फत मानवीय संवेदनाको रक्षा गर्न सबैलाई आग्रह गरेको छ।

‘सेवा नै धर्म हो’ भन्ने मूल भावनासहित सहयोग गरिएको उल्लेख गर्दै परिषद्ले यसलाई मानवीय सेवा तथा सामाजिक उत्तरदायित्वप्रतिको आफ्नो प्रतिबद्धताका रूपमा लिएको जनाएको छ।

धार्मिक तथा आध्यात्मिक संस्थाहरूले पूजा–अनुष्ठानमा मात्र सीमित नभई विपद् व्यवस्थापन, मानवीय सेवा र सामाजिक उत्तरदायित्वमा समेत सक्रिय भूमिका निर्वाह गर्नुपर्ने सन्देश परिषद्को यस पहलले दिएको छ।

प्रकाशित समय : १७:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु