गृहपृष्ठ कर्णालीका सांसदले भोटेकोशी बाढी पीडितका लागि रकम जम्मा गर्ने, प्रदेश सरकारले अहिले निर्णय गर्दै

कर्णालीका सांसदले भोटेकोशी बाढी पीडितका लागि रकम जम्मा गर्ने, प्रदेश सरकारले अहिले निर्णय गर्दै

कर्णालीका सांसदले भोटेकोशी बाढी पीडितका लागि रकम जम्मा गर्ने, प्रदेश सरकारले अहिले निर्णय गर्दै

सुर्खेत । कर्णाली प्रदेश सभाका सांसदले भोटेकोशी बाढी पीडितका लागि राहत रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कोषमा जम्मा गर्ने निर्णय गरेका छन्। ४० सदस्य रहेको कर्णाली प्रदेश सभामा नेपाली कम्युनिष्ट पार्टीले १५ दिनको तलब बराबरको रकम जम्मा गरेको छ। नेकपाका १३ जना सांसदबाट तीन लाख २६ हजार रुपैंया जम्मा गरिएको प्रमूख सचेतक कृष्ण जिसिले जानकारी दिए।

भोटेकोशी बाढीपीडितका लागि कर्णालीका कांग्रेस सांसदको २ लाख २५ हजार सहयोग भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले कर्णाली प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसदहरूले सामूहिक रूपमा २ लाख २५ हजार रुपैयाँ सहयोग गरेका छन्।

यस्तै, दश जना सांसद रहेको नेकपा एमालेले पनि पन्ध्र हजारका दरले हुन आउने रकम कोषमा जम्मा गरेका हुन्। सामाजिकविकास मन्त्रीसमेत रहेका जीतबहादुर मल्लका अनुसार एमाले सांसदबाट १ लाख ५० हजार जम्मा गरिएको हो।

प्रदेश सभामा रहेका राप्रपाका सांसद सन्तोषी शाही र प्रगतिशिल लोकतान्त्रिक पार्टीका सांसद, पूर्व मुख्यमन्त्री राजकुमार शर्माले भने निर्णय गरिसकेका छैनन्।

यता, आजै कर्णाली प्रदेश सरकारलेसमेत कोषमा रकम जम्मा गर्ने भएको छ। त्यसकालागि अहिले मन्त्रीपरिषदको वैठक बसिरहेको छ। मन्त्री मल्लका अनुसार अहिले कोषमा रकम जम्मा गर्नेबारे निर्णय हुनेछ।

प्रकाशित समय : ११:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु