गृहपृष्ठ प्रदेश प्रमुख कर्णद्वारा एक महिनाको पारिश्रमिक बाढीपीडितका लागि प्रदान
प्रदेश प्रमुख कर्णद्वारा एक महिनाको पारिश्रमिक बाढीपीडितका लागि प्रदान
जनकपुर – मधेस प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने भएको छ ।
आज प्रदेश प्रमुख कार्यालयका प्रवक्ता सञ्जिपकुमार दुब्बेद्वारा जारी विज्ञप्तिमा भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीका कारण जनधनको ठूलो क्षति भएकाले प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापना कार्यमा सहयोगार्थ एक महिनाको पारिश्रमिक उद्धार कोषमा प्रदान गर्ने जनाइएको छ ।
प्रकाशित समय : १७:०८ बजे


















