गृहपृष्ठ भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना

भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना

भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेले आराध्यदेव भगवान् पशुपतिनाथमा आज विशेष पूजा, आराधना गरेका छन ।

नेता चौथाइवाले नेतृत्वको टोली आज बिहान पशुपतिनाथ मन्दिरमा दुई हजार १०० को सात वटा विशेष पूजाको रसिद काटेर विशेष पूजा, आराधना गरेको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का सदस्य रुपा शाही बास्तोलाले जानकारी दिइन।

चौथाइवालेको साथमा भारतका सांसद र पूर्वमन्त्री रविशङ्करप्रसाद सिंह पनि सहभागी भएका थिए । उनिहरुलाई पाल्पा जिल्ला निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सन्दीप राना, कोष सञ्चालक परिषद् सदस्य बास्तोलालगायतले पशुपति क्षेत्रमा स्वागत गरेका थिए।

नेता चौथाइवाले नेतृत्वको समूहलाई आराध्यदेव भगवान् श्री पशुपतिनाथका मूल अर्चक गणेश भट्टले विशेष पूजा गराई टीका, प्रसाद लगाई दिएका थिए । चान्द्रमासअनुसार श्रावण महिनाको आज अन्तिम दिनसम्म देश–विदेशका भक्तजनले पशुपतिनाथ मन्दिरमा विशेष पूजा, आराधना गर्ने गर्छन् ।

प्रकाशित समय : १५:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु