गृहपृष्ठ भोटेकोशीको बाढीपछि बाजुराका १३ जना सम्पर्कविहीन
भोटेकोशीको बाढीपछि बाजुराका १३ जना सम्पर्कविहीन
बाजुरा । रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि हालसम्म बाजुराका १३ जना सम्पर्कविहीन भएका छन् ।
जिल्लाका विभिन्न स्थानीय तहमा स्थायी ठेगाना भई त्यस क्षेत्रमा रहेका उनीहरु सम्पर्कविहीन भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले जानकारी दिए । उनका अनुसार हिमाली गाउँपालिकाका १९ वर्षीय दीपक रोकाया, ५० वर्षीया विष्णुमती रोकाया, ३५ वर्षीय आराम नेपाली, ३२ वर्षीय मोहनलाल रोकाया, विक्रम भण्डारी, ५५ वर्षीय बिसी पाण्डे र नेपाली सेनामा कार्यरत ४५ वर्षीय दिपेश सार्की सम्पर्कविहीन छन् ।
यस्तै, स्वामीकार्तिक खापर गाउँपालिकाका ४० वर्षीय मनऋषि सञ्ज्याल, ३८ वर्षीया मनकला सञ्ज्याल, १८ वर्षीया सुस्मिता जोशी, ४६ वर्षीय वीरेन्द्र जैशी, ४४ वर्षीया सत्यादेवी जैशी र जगन्नाथ गाउँपालिकाका २९ वर्षीय मुकेश दमाई हालसम्म सम्पर्कमा नआएको जानकारी प्राप्त भएको सहायक प्रमुख जिल्ला अधिकारी पुडासैनीले बताए ।
विभिन्न कामका लागि त्यस क्षेत्रमा पुग्नुभएका उनिहरु अहिलेसम्म पनि सम्पर्कमा नआएपछि आफन्तहरु चिन्तित बनेका छन् भने खोजी कार्यका लागि सबैलाई अनुरोध गरिरहेका छन ।
प्रकाशित समय : १७:०६ बजे


















