गृहपृष्ठ एनएसएसएफ र नेपाल क्लाईम्विङ स्पोर्ट्स संघबीच सम्झौता

एनएसएसएफ र नेपाल क्लाईम्विङ स्पोर्ट्स संघबीच सम्झौता

एनएसएसएफ र नेपाल क्लाईम्विङ स्पोर्ट्स संघबीच सम्झौता

काठमाडौं । नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ) र नेपाल क्लाईम्बिङ स्पोर्ट्स एसोसिएसन (एनसीएसए) बीच सम्झौता भएको छ ।

बुधबार आयोजित एक कार्यक्रमबीच एनएसएसएफ र नेपाल क्लाईम्विङ स्पोर्ट्स संघबीच विद्यालयस्तरदेखि नै यस खेलको विकास गर्ने उदेश्यसहित सम्झौता भएको हो ।

सम्झौतापत्रमा एनएसएसएफका अध्यक्ष विनोद श्रेष्ठ र नेपाल क्लाईम्विङ स्पोर्ट्स संघका अध्यक्ष रमेशकुमार पौडेलले हस्ताक्षर गरे ।

यस सहकार्यले विद्यालयस्तरमा क्लाईम्विङ स्पोर्ट्सको प्रवर्द्धन, विकास र विस्तार गर्दै एनएसएसएफ तथा अन्तर्राष्ट्रिय स्कुल स्पोर्ट फेडेरेसन (आईएसएफ)का प्रतियोगिताहरूमा यसको सहभागितालाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको छ ।

यो सम्झौता नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा क्लाईम्विङ स्पोट्सको विकास र विस्तारका लागि महत्वपूर्ण कदम भएको दुवै पक्षको भनाइ छ ।

प्रकाशित समय : १०:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु