गृहपृष्ठ प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्र विदुर प्रस्थान
प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्र विदुर प्रस्थान
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह आज बिहानै बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि नुवाकोटको विदुर प्रस्थान गरेका छन । प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकासमन्त्री सुनील लम्सालसमेत सहभागी छन ।
उनिहरू आज बिहान ९ः३० बजे सडकमार्ग हुँदै बाढी प्रभावित मुख्य क्षेत्रहरूमध्ये विदुरतर्फ प्रस्थान गर्नुभएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन।
बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नदी तटीय क्षेत्रमा क्षति पु¥याउनासाथ प्रधानमन्त्री शाह उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन निरन्तर सक्रिय रहेका छन ।
बाढीकोलगत्तै उनले उच्चस्तरीय बैठक आह्वान गरी उद्धार तथा राहतका लागि मातहतका निकायलाई आवश्यक निर्देशन दिएका छन । साथै प्रभावित क्षेत्रमा खोज उद्धार र राहतका लागि निरन्तर सहजीकरण गर्दै आएका छन ।
बाढीका कारण धेरै स्थानमा क्षति पुगेको भए पनि समयको सीमाका कारण प्रधानमन्त्री शाहले आज मुख्य रूपमा नुवाकोटको विदुर तथा आसपासका प्रभावित बस्तीको निरीक्षण गर्नेछन ।
भ्रमणका क्रममा प्रधानमन्त्री र पूर्वाधारमन्त्रीको टोलीले बाढीबाट भएको भौतिक क्षतिको प्रत्यक्ष जानकारी लिनुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग राहत, पुनःस्थापना र अवरुद्ध पूर्वाधार सञ्चालनबारे छलफल गर्नेछ ।
उनिहरुले सम्पूर्ण प्रभावित क्षेत्रमा द्रुत गतिमा राहत पुर्याउन र पूर्वाधार पुनर्निर्माणको कामलाई तीव्रता दिन आवश्यक निर्देशन दिने कार्यक्रम छ ।
प्रकाशित समय : १०:५७ बजे


















