गृहपृष्ठ मन्त्री डा तिमिल्सिनाद्वारा घाइतेको अवस्था जानकारी
मन्त्री डा तिमिल्सिनाद्वारा घाइतेको अवस्था जानकारी
नुवाकोट । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाढीबाट उद्दार गरिएका व्यक्तिको स्वास्थ्य अवस्था र हराइरहेका व्यक्तिका परिवारजनका सदस्यसँग आज भेटघाट गरेका छन् ।
रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण घाइते तथा जोखिममा परेका नागरिकलाई उद्दार गरेर नेपाली सेना, श्री नं १ तालिम केन्द्र त्रिशूलीमा ल्याइएको छ । सो अवसरमा मन्त्री डा तिमिल्सिनाले सरकारले बाढी प्रवाहित क्षेत्रमा खोज, उद्दार र राहतलाई उच्च प्राथमिकता दिएको बताए ।
प्रकाशित समय : ०९:३० बजे


















