काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कर्णाली प्रदेश पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा

1.49K
shares

कर्णाली । कर्णाली प्रदेश पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ । सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालय वीरेन्द्रनगरको आयोजनामा बुधबार कर्णाली प्रदेशलाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो ।

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री जीतबहादुर मल्लले पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा हुनुको प्रमुख श्रेय स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीलाई जाने बताए । पूर्णखोप सुनिश्चितताका आवश्यक सूचक तथा मापदण्ड पूरा गरेपश्चात् गरिएको घोषणाको दिगोपना सबैभन्दा ठूलो चुनौती भएको बताउँदै उनले यसलाई सामना गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

विकट भूगोल, आवश्यक स्रोत, साधन तथा जनशक्तिको अभावका बीचमा पूर्णखोप सुनिश्चितताको प्रदेश घोषणा हुनु आफैँमा महत्वपूर्ण भएको उनको भनाइ छ ।

जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गङ्गाराम सुनारले काम गर्नेलाई प्रोत्साहन गर्न सकिए आगामी दिनमा थप प्रगति हुने धारणा राख्े । कर्णालीको विकट भूगोलको भूई तहमा रहेर काम गर्ने स्वयंसेविकाको उच्च मूल्याङ्कन गर्नुपर्ने उनको भनाइ थियो ।

मन्त्रालयका सचिव रोशनीकुमारी श्रेष्ठले आधारभूत तहमा काम गर्ने स्वास्थ्यकर्मीको योगदान, युनिसेफलगायतका साझेदार निकायको प्राविधिक सहयोग र मिडियाकर्मीको विशेष भूमिकाले कर्णाली पूर्णखोप सुनिश्चिता घोषणा हुन सकेको टिप्पणी गरे ।

राष्ट्रिय खोप समन्वय समितिको सिफारिसअनुसार कर्णालीलाई दोस्रो पटक पूर्णखोप सुनिश्चितता र दिगोपनाको प्रदेश घोषणा गरिएको उहाँले जानकारी दिए ।

संयुक्त राष्ट्र सङ्घीय बालकोष ९युनिसेफ० नेपालका कर्णाली प्रदेश प्रमुख दीपक श्रेष्ठले लामो समयदेखिको अभियानले पूर्णता पाएकामा प्रसन्नता व्यक्त गरे ।