गृहपृष्ठ ‘सिर्जनविधाका परिधिमा तीर्थराज अधिकारी’ सार्वजनिक

‘सिर्जनविधाका परिधिमा तीर्थराज अधिकारी’ सार्वजनिक

‘सिर्जनविधाका परिधिमा तीर्थराज अधिकारी’ सार्वजनिक

काठमाडौं । दायित्व वाङ्मय प्रतिष्ठानले समालोचक दीपकप्रसाद गौतमद्वारा लिखित अनुसन्धानात्मक कृति ‘सिर्जनविधाका परिधिमा तीर्थराज अधिकारी’को लोकार्पण गरेको छ ।

प्रा. दिनेशराज पन्तले उक्त कृति सार्वजनिक गरे । कार्यक्रममा पन्तले कृतिकार गौतमको प्रशंसा गर्दै तीर्थराज अधिकारीको सिर्जना र साहित्यिक योगदानका विषयमा चर्चा गरे ।

चितवनमा प्राध्यापनरत कृतिकार दीपकप्रसाद गौतमले यसअघि अधिकारीका मुक्तकसंग्रहमा केन्द्रित रहेर अनुसन्धान गरेको बताउँदै पछि समग्र कृतिको अध्ययन–विश्लेषण गर्न उत्प्रेरित भएको बताए ।

 

प्रकाशित समय : १२:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु