गृहपृष्ठ आजको राशिफल
आजको राशिफल
मेष :आजको दिन कुनै बिशेष काममा सहभागी भइएला, हजुर बोलेका कार्यहरु लागु हुनेछन, बिरोधी तत्व हरु सेलाउदै जालान, मनले आटेका कुराहरु पुरा हुनेछन, बुद्दि पुर्याएर काम लिनुहोला ।
वृष आजको दिन धन तथा मान प्राप्त हुने योग छ, बैदेसिक यात्राका अबसरहरु नआउलान भन्न सकिन्न, तर दिउसोबाट घाटि तथा दातको समस्या हुनसक्छ चिसोबाट जोगिनुहोला।
मिथुन :आज आफ्नो पराक्रम देखाउने समय आएको छ, हृदय हर्षले भरिनेछ, आजको दिन शत्रुसंग मित्रता हुनसक्छ, उच्च पद प्राप्ति हुनसक्छ।
कर्कट :पुत्र तथा घर जग्गामा वृद्धि होला, महान कार्यको सुरुवात हुनेछ, तपाइको चत्रुराइको कारणले धेरै कार्यहरु सप्रन सक्छ, भुमि तथा व्यापार ब्यबसायमा वृद्धि होला ।
सिंह :तपाइलाई आज सरस्वति माताको कृपाले शैक्षिक क्षेत्रमा बिशेष प्रगति हुनेछ, कुनै पनि क्षेत्रबाट पुरस्कार प्राप्त गर्न सक्नुहुनेछ, कुनै नया लेखन कार्यको सुरुवात हुनेछ ।
कन्या :शत्रुहरु पहिले भन्दा सक्रिय होलान, आजको दिन मामाको साथ र सहयोग रहनेछ, अनाबस्यक खर्च हुनसक्छ। आजको दिन शिवजीको आराधना गरे राम्रो हुनेछ ।
तुला: आजको दिन दाम्पत्य जीवन सुखमय रहनेछ, ससुराली पक्षबाट पनि सहयोग पाइनेछ, कुनै साझेदारी सम्बन्धी ब्यबसाय शुरु हुनसक्छ, डुबेको धन पनि प्राप्त हुनसक्छ ।
वृश्चिक :आजको दिन शरीरमा आलस्यता आउन सक्छ, बैदेसिक यात्राको अवसर पनि आउन सक्छ, चिट्टा पर्ने वा आकस्मिक धन लाभ हुनसक्छ, कुनैपनि गुप्त रोगले सताउन सक्छ ।
धनु :कुनै पनि साहित्य तथा मनोरन्जन बिषयको ज्ञान हुनेछ, कुनै पनि मठमन्दिर तथा तीर्थयात्रा गराउला, आजको दिन कसैलाई सेवा गर्ने मन होला ।
मकर :तपाइलाई आजको दिन बिषेश अधिकार पप्राप्त हुनेछ, व्यापार तथा ब्यबसाय बाट प्रगति होला, कुनै पनि क्षेत्रमा तपाइको अनुशासनले गर्दा प्रशंसा हुनेछ, राज्यबाट पनि लाभ होला ।
कुम्भ :आजको दिन तपाइलाई नया प्रशिक्षण प्राप्त हुनेछ, आध्यामिक लेख तथा रचना पढ्नुहुनेछ, प्रियजनको भेटघाटले मन खुसि रहला, बिभिन्न प्रकारका सम्पत्ति प्राप्त हुने योग छ ।
मीन :बिनाकारण झैझगडा बेहिज्जतको सामना गर्नुपर्ला, अनाबश्यक खर्च हुदा मन अशान्त रहला, काममा विभिन्न प्रकारको अबरोध तथा झन्झट आउला। आजको दिन ओम् नम शिबाय १०८ पटक जपेमा राम्रो हुनेछ ।
प्रकाशित समय : ०७:१० बजे


















