गृहपृष्ठ २० वाणिज्य बैंकको तलब खर्च ७३ अर्ब नाघ्यो
२० वाणिज्य बैंकको तलब खर्च ७३ अर्ब नाघ्यो
काठमाडौं । नेपालका २० वाणिज्य बैंकले आर्थिक वर्ष २०८२/८३ मा कर्मचारीको तलबमा कुल ७३ अर्ब ३६ करोड ५८ लाख रुपैयाँ खर्च गरेका छन्। यो अघिल्लो वर्षको तुलनामा ७.२३ प्रतिशतले बढी हो।
२० मध्ये १७ बैंकको तलब खर्च बढ्दा तीन बैंकको घटेको छ। सबैभन्दा धेरै राष्ट्रिय वाणिज्य बैंकले ५ अर्ब ४८ करोड ५६ लाख रुपैयाँ खर्च गरेको छ भने तलब खर्च वृद्धिदरमा सिटिजन्स बैंक २०.१२ प्रतिशतसहित अगाडि छ।
तलब खर्च घट्ने बैंकमा एनआईसी एशिया, नेपाल इन्भेष्टमेन्ट मेगा र स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेका छन्। समग्रमा बैंकहरूको सञ्चालन खर्चमा कर्मचारी तलबको हिस्सा अझै ठूलो रहेको देखिएको छ।
प्रकाशित समय : १६:३८ बजे


















