गृहपृष्ठ एक सातामै सुनको मूल्य १५ हजार बढ्यो

एक सातामै सुनको मूल्य १५ हजार बढ्यो

एक सातामै सुनको मूल्य १५ हजार बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पछिल्लो एक सातामा प्रतितोला १५ हजार १०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साउन ३० गते ३ लाख १ हजार ६०० रुपैयाँ रहेको सुनको मूल्य भदौ ५ गते शुक्रबार ३ लाख १६ हजार ७०० रुपैयाँ पुगेको हो।

यस अवधिमा सुनको मूल्यमा पटक–पटक ठूलो उतारचढाव देखिएको छ। साउन ३१ गते ३ हजार ६०० रुपैयाँ र भदौ १ गते १ हजार ६०० रुपैयाँले बढेको सुनको मूल्य भदौ ३ गते भने २ हजार ७०० रुपैयाँले घटेको थियो।

तर, त्यसपछि मूल्यमा तीव्र वृद्धि भयो। भदौ ४ गते एकैदिन ९ हजार ३०० रुपैयाँले बढेर ३ लाख १३ हजार ४०० रुपैयाँ पुगेको सुन भदौ ५ गते थप ३ हजार ३०० रुपैयाँले महँगिएर ३ लाख १६ हजार ७०० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

प्रकाशित समय : १६:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु