गृहपृष्ठ हात्तिवन क्षेत्रमा अतिक्रमण गरेर बनाएका संरचनामा डोजर
हात्तिवन क्षेत्रमा अतिक्रमण गरेर बनाएका संरचनामा डोजर
काठमाडौं – काठमाडौं उपत्यका बिकास प्राधिकरणले ललितपुरको हात्तिवन क्षेत्रमा अतिक्रमित गरि बनाएका संरचनामा डोजर चलाएको छ ।
शुक्रबार काठमाडौं उपत्यका बिकास प्राधिकरण, ललितपुर जिल्ला आयुक्तको कार्यालयले भेल्पा हात्तिवन जग्गा एकीकरण आयोजना क्षेत्रभित्र अतिक्रमित गरी बनाइनका अवैध तथा अतिक्रमित संरचनाहरु भत्काएको हो ।
करिव १२ बर्षपछि अतिक्रमित गरि बनाएका संरचना हटाउन सफल भएको भेल्पा हात्तिवन जग्गा एकीकरण आयोजनाका प्रमुख घनश्याम पौडेलले जानकारी दिए ।
भेल्पा–हात्तिवन जग्गा एकीकरण आयोजना क्षेत्रभित्र बनेका अनधिकृत र अतिक्रमित संरचनाहरू हटाउन साउन २७ गते ७ दिने सूचना जारी गरिएको थियो ।
आयोजनाले स्वीकृत नक्सा तथा लेआउटअनुसार सडक निर्माण तथा ढलानको काम अघि बढाउन बाटोको सीमाभित्र रहेका संरचना खाली गर्न सम्बन्धित सबैलाई अनुरोध गरेको थियो ।
तर सात दिनको समयमित्र संरचना नहटेपछि आयोजनाले डोजर लगाएको हो ।
प्रकाशित समय : १४:०७ बजे


















