गृहपृष्ठ हामीले नोटबन्दीबारे सोचेका छैनौँ : अर्थमन्त्री डा. वाग्ले
हामीले नोटबन्दीबारे सोचेका छैनौँ : अर्थमन्त्री डा. वाग्ले
काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले नोटबन्दी गर्नेबारे नसोचेको बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी कार्यालय वनस्थलीमा आयोजना गरेको ‘नागरिक, नीति र नेतृत्व’ संवाद कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
छलफलमा सहभागी नागरिकहरूले ‘नोटबन्दी किन नगर्ने ?’ भनी प्रश्न गरेपछि उनले सरकारको धारणा स्पष्ट पारेका हुन् ।
‘नोटबन्दीका बारेमा यहाँहरूका रोचक प्रश्नहरू सुनेँ, तर, अहिले हामीलाई यो उपयुक्त हुन्छ जस्तो लाग्दैन। नोटबन्दीबारे हामीले सोचेका छैनौँ’, उनले भने ।
यो अभ्यास गरेका अन्य मुलुकहरूमा पनि नोटबन्दीको सफलता राम्रो नदेखिएको उनको भनाइ छ ।
प्रकाशित समय : १४:०३ बजे


















