गृहपृष्ठ सुकुम्वासीको गुनासो सुन्न सुदूरपश्चिम जाँदै मन्त्री रावल

सुकुम्वासीको गुनासो सुन्न सुदूरपश्चिम जाँदै मन्त्री रावल

सुकुम्वासीको गुनासो सुन्न सुदूरपश्चिम जाँदै मन्त्री रावल

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल भोलि सुदूरपश्चिमका विभिन्न जिल्लाको भ्रमणमा जाने भएकी छन्।

कञ्चनपुर, कैलालीलगायतका जिल्लाका जनताको गुनासो सुन्नको लागि आफू जिल्ला भ्रमणमा जान लागेको जानकारी गराएकी छन्।

उनले भनेकी छन्, ‘भ्रमणका क्रममा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतका जनगुनासो सुन्ने, सहकारी क्षेत्रका समस्या तथा उक्त क्षेत्रका भूमिहीन, सुकुम्वासी जनतासँग र सम्बन्धित सरोकारवालाहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।’

उनले केही दिन जनताको गुनासो सुन्नको लागि सुदूरकै जिल्लामा रहने जानकारी गराएकी छन्।

प्रकाशित समय : १४:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु