गृहपृष्ठ गण्डकी प्रदेश प्रमुख भट्टद्वारा बागमती प्रदेशका विभिन्न गन्तव्यको अवलोकन
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा बागमती प्रदेशका विभिन्न गन्तव्यको अवलोकन
बागमती ।गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आज बागमती प्रदेशको राजधानी हेटौंडा आसपासका पर्यटकीय गन्तव्यको भ्रमण गर्ेका छन् ।
उहाँ बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको औपचारिक निमन्त्रणमा हेटौंडा आएको ह्न्।
प्रदेश प्रमुख भट्टलाई बागमती प्रदेश प्रमुख देवकोटाले बागमती प्रदेशको राजधानीस्थित हेटौँडा सहिद स्मारक, भैरवडाँडास्थित पाथीभरा मन्दिर, मकवानपुरगढीस्थित ऐतिहासिक मकवानपुरगढी दरबारलगायतका क्षेत्रको स्थलगत अवलोकन गराएको थिए ।
उनिहरूबीच दुई प्रदेशबीचको सम्बन्ध सुदृढ बनाउँदै विकास, अनुभव आदान–प्रदान र सहकार्य प्रदेशका गतिविधि, उपलब्धि र चुनौतीबारे छलफल भएको थियो ।
दुवै प्रदेशले सफल अभ्यासको अनुसरण गर्ने, प्रदेश कार्यालयका कार्यप्रणाली तथा प्रशासनिक अनुभव साटासाट गर्ने तथा विविधि विषयमा थप छलफल भएको बागमती प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
प्रकाशित समय : १४:१५ बजे


















