गृहपृष्ठ अवैध नदी उत्खनन गर्नेहरु प्रहरी नियन्त्रणमा

अवैध नदी उत्खनन गर्नेहरु प्रहरी नियन्त्रणमा

अवैध नदी उत्खनन गर्नेहरु प्रहरी नियन्त्रणमा xr:d:DAFQ4UFI_nI:702,j:44705443211,t:23040605

मुस्ताङ । कालीगण्डकी नदीको अवैध उत्खनन गर्ने सात व्यक्ति र उनीहरुले प्रयोग गरेका सात वटा ट्याक्टर र चालकलाई नियन्त्रणमा लिइएको छ ।

बिनाअनुमति अवैध रुपमा नदीजन्य प्राकृतिक स्रोत बालुवा उत्खनन गरी ओसारपोसार गरेको आरोपमा ग१त ७६५३, ग१त ७५९७, ग१त ६६५३, ध१त ११४, ग१त ६०८८ र ग१त ६९५४ नम्बरको ट्याक्टरलाई बालुवासहित जिल्ला प्रहरी कार्यालय मुस्ताङले नियन्त्रणमा लिएको हो ।

उनीहरु जोमसोम–कोरला सडकखण्डअन्तर्गत मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ स्थित एक्लेभट्टी नजिकको कालीगण्डकी नदी बगरमा अवैध रुपमा बालुवा उत्खनन गरी ओसारपोसार गर्दै थिए ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सन्तोष बस्यालले वर्षायामको समयमा कालीगण्डकी नदीमा नदीजन्य पदार्थको उत्खननले विपद््को जोखिम निम्तिन सक्ने जानकारी दिए ।

 

प्रकाशित समय : १३:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु