गृहपृष्ठ ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै ग्यास बिक्री तथा आपूर्ति दुवै बढेको छ ।

धनगढीस्थित नेपाल आयल निगमको सुदूरपश्चिम प्रादेशिक कार्यालयले चालु आर्थिक वर्षको साउन २४ गतेसम्म मात्रै प्रदेशमा एक लाख १५ हजार ९९० सिलिण्डर ग्यास बिक्री भइसकेको जनाएको छ ।

कार्यालय प्रमुख मनोहर डिसीले विगत दुई वर्षको तथ्याङ्कमा यस वर्षको पहिलो महिनाको २४ दिनमै बढी ग्यास आपूर्ति र बिक्री भए पनि बजारमा दबाब रहेको बताए ।

आव २०८१र८२ को साउन महिनाभर एक लाख १२ हजार ७७० सिलिण्डर ग्यास बिक्री भएकोमा आव २०८०र०८१ मा जानकारी दिए ९९ हजार ८४० सिलिण्डर बिक्री भएका थिए ।

गत वर्षको तुलनामा यस वर्षको साउन २४ सम्म तीन हजार २२० सिलिण्डर बढी बिक्री भइसकेको छ ।

साउनको बाँकी अवधिमा थप ५० हजार सिलिण्डर आउने क्रममा रहेको कार्यालय प्रमुख डिसीले जानकारी दिए ।

गत आव २०८२र८३ मा सुदूरपश्चिममा कुल ११ लाख ५० हजार ८३४ सिलिण्डरअर्थात् १६ हजार ४४० मेट्रिक टन ग्यास बिक्री भएको थियो ।

त्यसअघिको आर्थिक वर्ष २०८१र८२ मा भने ११ लाख ८० हजार ८३० सिलिण्डर अर्थात् १६ हजार ८६९ मेट्रिक टन ग्यास बिक्री भएको थियो ।

चालु साउन २४ गतेसम्म बिक्री भएको ग्यासको परिमाण एक हजार ६५७ मेट्रिक टन रहेको छ । गत आर्थिक वर्षको साउनमा एक हजार ४१६ मेट्रिक टन ग्यास बिक्री भएको थियो ।

यस हिसाबले गत वर्षको पूरै साउनको तुलनामा चालु साउन २४ दिनमै ४६ मेट्रिक टन बढी ग्यास बिक्री भएको देखिन्छ ।

पछिल्ला दुई आवमा ग्यासको बिक्रीमा उतारचढाव देखिन्छ । आव २०८१/८२ साउनमा एक लाख १२ हजार ७७० सिलिण्डर बिक्री भएकामा भदौमा घटेर ८८ हजार ३१० पुगेको थियो ।

असोजमा ९२ हजार ५४०, कात्तिकमा ९६ हजार ११०, मङ्सिरमा एक लाख एक हजार २९० र पुसमा ८३ हजार ५८० सिलिण्डर बिक्री भएको थियो ।

यसैगरी, गत माघमा एक लाख दुई हजार ४१०, फागुनमा ९५ हजार ८३०, चैतमा ८० हजार ७८०, वैशाखमा एक लाख दुई हजार ६०, जेठमा एक लाख नौ हजार ८३० र असारमा एक लाख १५ हजार ५०० सिलिण्डर बिक्री भएको निगमको तथ्याङ्क छ ।

आव २०८२्८३ को भदौमा एक लाख आठ हजार ९९०, असोजमा एक लाख आठ हजार २२०, कात्तिकमा एक लाख १७०, मङ्सिरमा ९९ हजार ४००, पुसमा एक लाख चार हजार ५८०, माघमा एक लाख ९४० र फागुनमा एक लाख दुई हजार ६९० सिलिण्डर चैतमा ७७ हजार २१०, वैशाखमा ६६ हजार ७१०, जेठमा ७९ हजार १७० र असारमा एक लाख दुई हजार ९१५ सिलिण्डर बिक्री भएको देखिन्छ ।

महिनागत तुलना गर्दा आर्थिक वर्ष २०८२र८३ मा भदौमा अघिल्लो वर्षको सोही महिनाभन्दा २० हजार ६८० सिलिण्डर बढी बिक्री भएको थियो । असोजमा १५ हजार ६८०, कात्तिकमा चार हजार ६० र पुसमा २१ हजार सिलिण्डर बढी बिक्री भएको देखिन्छ ।

फागुनमा पनि अघिल्लो वर्षभन्दा छ हजार ८६० सिलिण्डर बढी बिक्री भएको थियो । वैशाखमा भने ग्यासको बिक्री अघिल्लो वर्षको तुलनामा ३५ हजार ३५० सिलिण्डरले घटेको थियो ।

जेठमा ३० हजार ६६० र असारमा १२ हजार ५८५ सिलिण्डर कम बिक्री भएको निगमको तथ्याङ्क छ । यसले प्रदेशमा ग्यासको माग तथा बिक्री महिनाअनुसार उल्लेख्य रूपमा घटबढ हुने गरेको देखाउँछ ।

निगमका अनुसार आर्थिक वर्ष २०८१र८२ मा प्रदेशमा कूल ११ लाख ८० हजार ८३० सिलिण्डर अर्थात् १६ हजार ८६९ मेट्रिक टन ग्यास बिक्री भएको थियो । आर्थिक वर्ष २०८२र८३ मा भने ११ लाख ५० हजार ८३४ सिलिण्डरअर्थात् १६ हजार ४४० मेट्रिक टन ग्यास बिक्री भएको छ । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा करिब दुई दशमलव पाँच प्रतिशत कम सिलिण्डर बिक्री भएको देखिन्छ ।

यस वर्षको साउनमा भने माग पुनः तीव्र रूपमा बढेको छ । निगमको विवरणअनुसार साउन २४ गतेसम्म बिक्री भएका एक लाख १५ हजार ९९० सिलिण्डरमध्ये रेडियन्ट (रोयल) ग्यासका ७२ हजार ९४० र सैपाल ग्यासका ४३ हजार ५० सिलिण्डर छन् ।

जिल्ला प्रशासन कार्यालय, कैलालीको नेतृत्वमा सोमबार धनगढीमा गरिएको बजार अनुगमनका क्रममा पनि ग्यास डिलरमा नियमित आपूर्ति भइरहे पनि उपभोक्ताबाट माग अत्यधिक बढेको पाइएको थियो ।

केही डिलरमा पर्याप्त मौज्दात रहे पनि कतिपय डिलरमा माग अस्वाभाविक रूपमा बढेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले बताए ।

बजारमा पर्याप्त ग्यास आपूर्ति भइरहे पनि हल्लाको पछि लागेर अतिरिक्त सिलिण्डर भण्डारण गर्दा बजारमा दबाब देखिएको उनको भनाइ छ । “हल्लाको पछाडि लागेर अतिरिक्त सिलिण्डर थुपार्न आवश्यक छैन । बजारमा पर्याप्त ग्यास आपूर्ति भइरहेको छ”, खत्रीले भने ।

नेपाल आयल निगम सुदूरपश्चिम प्रादेशिक कार्यालय प्रमुख डिसीले पनि विगत वर्षहरुको माग र हालको आपूर्ति विश्लेषण गर्दा प्रदेशमा ग्यास अभाव नरहेको बताए । “सुदूरपश्चिममा आपूर्तिको समस्या छैन । हामीले विगत वर्षभन्दा हाल बढी नै ग्यास आपूर्ति गरिरहेका छौँ । उपभोक्ताले हल्लाको पछि लागेर सिलिण्डर थुपार्दा समस्या भएको हुनसक्छ”, उनले भने ।

 

प्रकाशित समय : १३:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु