गृहपृष्ठ चार अर्ब ९३ करोड बढी राजस्व सङ्कलन
चार अर्ब ९३ करोड बढी राजस्व सङ्कलन
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90
भद्रपुर । आन्तरिक राजस्व कार्यालयले गत आर्थिक वर्षमा चार अर्ब ९३ करोड ४६ लाख ८५ हजार राजस्व सङ्कलन गरेको छ ।
उक्त कार्यालयको रु छ अर्ब छ करोड ८६ लाख २२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य थियो । लक्ष्यको करिब ८१ दशमलव ३१ प्रतिशत राजस्व सङ्कलन भएको छ ।
उक्त कार्यालयका सूचना अधिकारी डिल्लीराम चौलागाईंका अनुसार सङ्कलित राजस्वमध्ये आयकर दुई अर्ब ४१ करोड ६१ लाख सात हजार, मूल्य अभिवृद्धि कर (भ्याट) एक अर्ब ६६ करोड २९ लाख ९५ हजार र अन्तःशुल्क ६७ करोड ८९ लाख पाँच हजार सङ्कलन भएको छ ।
यसैगरी, भाडा आयकर पाँच करोड ६६ लाख ७८ हजार, ब्याज कर नौ करोड ३६ लाख ८० हजार तथा अन्य शीर्षकमा दुई करोड ६३ लाख २१ हजार राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । उक्त कार्यालयको कार्यक्षेत्र इलाम, पाँचथर र ताप्लेजुङ हो ।
प्रकाशित समय : ०९:०६ बजे


















