गृहपृष्ठ पाटन बारका तीन समूहबीच प्रतिस्पर्धा हुँदै
पाटन बारका तीन समूहबीच प्रतिस्पर्धा हुँदै
काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमिति निर्वाचनका लागि तीन समूहबीच प्रतिस्पर्धा हुने भएको छ ।
उच्च अदालतहरुमध्ये सबैभन्दा धेरै सदस्य भएको सो बारको यही साउन ३० गते तय भएको निर्वाचनमा बृहत प्रगतिशील तथा पेशागत समूह, डेमोक्रेटिक लयर्स एशोसिएशन र स्वतन्त्र कानुन व्यवसायी मञ्च गरी तीन समूहबीच प्रतिस्पर्धा हुँदैछ ।
बृहत् प्रगतिशिल तथा पेशागत समूहतर्फबाट अध्यक्ष सेवन्तराज निरौला, डेमाक्रेटिक लयर्स एशोसिएशनका तर्फबाट अध्यक्षमा देवीप्रसाद रिजाल र स्वतन्त्र कानुन व्यवसायी मञ्चका तर्फबाट भेषराज पोखरेलले नेतृत्व गर्दै छन् ।
सो बारमा नौ पदाधिकारीसहित १९ कार्यसमितिका लागि निर्वाचन हुने तय भएको हो । यही साउन ३० गते शनिबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने कार्यक्रम तय भएको छ ।
उक्त बारको निर्वाचनका प्रमुख निर्वाचन अधिकृत शान्तिराम खतिवडाले शान्तिपूर्ण वातावरणमा निर्वाचन गर्ने तयारी भइरहहेको जानकारी दिए । सो बारमा दुई हजार ३६६ जना मतदाता रहेका छन् । दुई वर्षका लागि नयाँ कार्यसमिति चयन हुने लागेको हो ।
प्रकाशित समय : १७:३५ बजे


















