काठमाडौंमा ‘जमजम ब्रदर्स’, ‘जमजम पफ्र्युम्स नेपाल’को उद्घाटन
वि.सं.२०८३ साउन २३ शनिवार १४:३०
shares

शनिबार उनीहरूले काठमाडौंको सुन्धारास्थित सिभिल मलमा ‘जमजम पफ्र्युम्स नेपाल’को औपचारिक उद्घाटन गरेका हुन्।
‘छोटे भाइ’ र ‘बडे भाइ’का रूपमा समेत परिचित मुहम्मद शकुर र अब्दुल गफुर शुक्रबार नेपाल आएका थिए । नेपालमा आफ्नो व्यवसाय विस्तार गर्ने क्रममा उनीहरूले शनिबार ‘जमजम पफ्र्युम्स नेपाल’को औपचारिक सुरुवात गरेका हुन्।
उद्घाटनपछि सञ्चारकर्मीहरुलाई छोटो प्रतिक्रिया दिँदै उनीहरुले नेपालमा सोचेको भन्दापनि बढि माया पाएको बताउँदै फेरी नेपाल आउने प्रतिबद्धता जनाए ।
‘जति हामीले सोचेको थियौं त्यो भन्दापनि बढि माया नेपाली फ्यानको पायौं । मा पायौं त्यसको लागि धेरै धेरै धन्यवाद । हामी फेरी पनि नेपाल आउँने छौं’उनीहरुले भने ।
ग्याजेटका छोटा भिडिओ, कमेडी, पारिवारिक सामग्री तथा दाजुभाइबीचको प्रगाढ सम्बन्धका कारण जमजम ब्रदर्स सामाजिक सञ्जालमा चर्चित छन्।
प्रायः एउटै किसिमको गेटअपमा देखिने उनीहरूका सामग्रीलाई विश्वभरबाट ठूलो संख्यामा दर्शकले पछ्याउने गरेका छन्।
मुहम्मद शकुर र अब्दुल गफुरले मिर्जा फारुक बेग र रउफ बेगसँग मिलेर सन् २०१३ मा संयुक्त अरब इमिरेट्स (यूएई) मा इलेक्ट्रोनिक्स सामानको व्यवसाय सुरु गरेका थिए।
नेपालमा भने उनीहरूको व्यवसायमध्ये ‘जमजम पफ्र्युम्स’को बिक्री सुरु गरिएको हो।
नेपालमा व्यवसाय विस्तारसँगै जमजम ब्रदर्सले नेपाली बजारमा आफ्नो ब्रान्डको उपस्थितिलाई थप विस्तार गर्ने तयारी गरेको बताइएको छ।

























