गृहपृष्ठ पोडवे निर्माणसम्बन्धी औपचारिक सम्झौतापत्रमा हस्ताक्षर

पोडवे निर्माणसम्बन्धी औपचारिक सम्झौतापत्रमा हस्ताक्षर

पोडवे निर्माणसम्बन्धी औपचारिक सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौँ । कोशी प्रदेश लगानी प्राधिकरण र काठमाडौँ पोडवे कम्पनी प्राइभेट लिमिटेडबीच पोडवे निर्माणसम्बन्धी औपचारिक सम्झौतापत्रमा आज हस्ताक्षर भएको छ ।

नेपालमा आधुनिक र प्रविधियुक्त सार्वजनिक यातायात पोडवे निर्माणसम्बन्धी सम्झौतापत्रमा कम्पनीका उपाध्यक्ष निल भट्टराई र प्राधिकरणका कार्यकारी प्रमुख सरोज कोइरालाले हस्ताक्षर गरे ।

निजी क्षेत्रको लगानीमा निर्माण हुने उक्त परियोजनाअन्तर्गत पहिलो चरणमा रानी भन्सारदेखि विराटनगर बसपार्कसम्मको सात किलोमिटर दूरीमा नमूना पोडवे निर्माण गरिनेछ । दोस्रो चरणमा पर्यटकीयस्थल भेडेटारसम्म जोड्ने दीर्घकालीन लक्ष्य राखिएको छ ।

राष्ट्रिय यातायात नीति तथा सम्बन्धित कानुनी संरचनाभित्र रहेर निर्माण हुने उक्त परियोजना उच्च प्रविधिको एआई र अत्याधुनिक टेक्नोलोजीमा आधारित हुनेछ । सडकको सवारी चाप र प्रदूषणलाई शून्यमा झार्दै सुरक्षित, द्रुत र वातावरणमैत्री यात्रा गराउन त्यो प्रविधि र सेवा प्रभावकारी मानिने विज्ञहरूको भनाइ छ ।

नेपालमा निजी लगानीमा त्यति ठूलो र अत्याधुनिक सार्वजनिक यातायातको पूर्वाधार बन्नु आफैँमा ठूलो सम्भावना र हर्षको विषय भएको उपाध्यक्ष भट्टराईको भनाइ छ । उक्त सम्झौतासँगै नेपालले पनि विश्वस्तरीय आधुनिक यातायात प्रविधिलाई भित्र्याउँदै सार्वजनिक यातायातको सञ्जाल विस्तारमा एक नयाँ अध्यायको सुरुआत गरेको छ ।

 

प्रकाशित समय : १८:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु