गृहपृष्ठ भन्सार छलीका सामानसहित दुई सिटी सफारी नियन्त्रणमा

भन्सार छलीका सामानसहित दुई सिटी सफारी नियन्त्रणमा

भन्सार छलीका सामानसहित दुई सिटी सफारी नियन्त्रणमा

भद्रपुर ।झापाको मेचीनगरबाट सशस्त्र प्रहरीले रु पाँच लाख ४५ हजार ६५० बराबरको भन्सार छलीको लत्ताकपडा र इलेक्ट्रोनिक्स सामानसहित दुई वटा सिटी सफारी नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं २ गण, झापाबाट खटिएको सशस्त्र प्रहरी मोबाइल टोलीले मेचीनगर नगरपालिका–१५ स्थित बङ्गसल सीमा क्षेत्रमा भारतबाट भन्सार छली नेपालतर्फ ल्याइँदै गरेका सामानसहित ती सवारीसाधन बिहीबार साँझ जाँचका क्रममा नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका सामान तथा सिटी सफारीलाई आवश्यक कानुनी कारबाहीका लागि आज भद्रपुर भन्सार कार्यालयमा बुझाइएको उक्त गणका निमित्त गणपति सशस्त्र प्रहरी नायब उपरीक्षक मदनकुमार रसाइलीले जानकारी दिए ।

प्रकाशित समय : १५:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु